नेपाल राष्ट्र बैंकद्वारा झण्डै साढे २ खर्ब भारु खरिद

नेपाल राष्ट्र बैंकद्वारा झण्डै साढे २ खर्ब भारु खरिद

काठमाडौं । गत आर्थिक वर्षको जेठसम्म नेपाल राष्ट्र बैंकले झण्डै साढे २ खर्ब भारु खरिद गरेको छ । गत जेठसम्म केन्द्रीय बैंकले रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ३ अर्ब ७२ करोड अमेरिकी डलर बेचेर २ खर्ब ४७ अर्ब ७५ करोड ४२ लाख भारु खरिद गरेको हो । भारतसँग भारुमा मात्र व्यापार हुने भएपछि राष्ट्र बैंकले अर्बौं डलर बेचेर आरबीआईबाट भारु खरिद गरेको हो । कुल व्यापारको ६५ प्रतिशत भारतसँग मात्र छ ।

डलर बेचेर भारु खरिद गर्ने क्रम बढेको छ । अघिल्लो आवको १२ महिनामा राष्ट्र बैंकले ३ अर्ब ४० करोड डलर बेचेर आरबीआईबाट २ खर्ब २५ अर्ब २४ करोड ४३ लाख रुपैयाँ भारु खरिद गरेको थियो । गत आवको ११ महिनामा झण्डै २५ अर्ब रुपैयाँ भारु बढी खरिद भएको छ । भारु वस्तु तथा सेवा खरिदमा खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्