सप्तरी, साउन १२ , सप्तरीको बिभिन्न स्थानबाट हुकिङ गरी बिद्युत चोरीमा संलग्न १६ जना बिहीबार दिउँसो पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरी र बिद्युत प्राधिकरण राजबिराज शाखाबाट अनुगमनमा खटिएको संयुक्त टोलीले बिजुलीको तारबाट हुकिङ गरी बिद्युत उपभोग गरी रहेको अबस्थामा उनीहरुलाई फेला पारी नियन्त्रणमा लिईएको हो।
नियन्त्रणमा लिईएका सबै जनाउपर बिद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।