अब संसदीय गतिविधि मोबाइल एपमा

<span class='c1'>अब संसदीय गतिविधि</span> <span class='c2'>मोबाइल एपमा</span>

काठमाडौँ, साउन १३ गते ।  व्यवस्थापिका संसद् सचिवालयले संसद्का सम्पूर्ण गतिविधिलाई जनतासँग जोड्ने भन्दै मोबाइल एप सञ्चालनमा ल्याएको छ ।  युएनडीपीको सहयोगमा सचिवालयले मोबाइल एप सञ्चालनमा ल्याएको हो ।  आठ लाख रुपियाँको सहयोगमा एपसँगै नयाँ वेब पोर्टल पनि सञ्चालनमा ल्याइएको छ ।
सभामुख ओनसरी घर्तीले एक कार्यक्रमबीच बिहीबार वेब पोर्टल तथा मोबाइल एपको प्रारम्भ गर्नुभयो ।  नयाँ वेब पोर्टलमा संसद्का गतिविधि समेटिने छन् ।  त्यसमा संसद् बैठकको प्रत्यक्ष प्रसारण अडियो र भिडियो दुवैमा हेर्न र सुन्न सकिने व्यवस्था छ ।  संसद्का दैनिक बैठकका सूचना तथा दैनिक बैठकका कार्यसूची वेब पोर्टलमा नै उपलब्ध हुनेछन् ।  सांसदले बोलेका भिडियो रेकर्ड पनि आर्काइभमा रहने व्यवस्था छ ।
एप प्रयोग गर्न गुगल प्ले स्टोरमा ‘पार्लियामेन्ट अफ नेपाल’ टाइप गरी प्राप्त निर्देशनअनुसार एप डाउनलोड गर्न सकिनेछ ।  वेबमा विधेयक दर्ता र कारबाहीको अवस्था पनि छ ।  यस्तै संसद्का प्रकाशनलाई पनि समेटिएको छ ।  वेब पोर्टलमा भने यी सुविधा अहिले पनि छन् ।  मोबाइल एपका रूपमा भने पहिलो पटक प्रयोगमा ल्याइएको हो ।  वेब पोर्टलबाट आफ्नो नाम दर्ता गरी सांसदसँग आफ्नो कुरा राख्न मिल्ने व्यवस्था पनि थपिएको छ ।
कार्यक्रममा सभामुख घर्तीले प्रविधि प्रयोगको सिलसिलामा मोबाइल एप उपयोगमा ल्याइएको बताउनुभयो ।  उहाँले संसद्ले आफ्नै टेलिभिजन र रेडियोको पनि परिकल्पना गरेको बताउनुभयो ।  उहाँले संसद्को आफ्नै सुविधासम्पन्न भवन र सांसदका लागि आवासको योजना पनि प्राथमिकतामा रहेको बताउनुभयो ।  संविधानले तोकेको समयभित्रै तीन चरणको निर्वाचन सम्पन्न गर्नु नै संविधान कार्यान्वयनको मार्ग भएको सभामुख घर्तीले बताउनुभयो ।  तीन तहको निर्वाचन सम्पन्न गर्न वार्ता र सहमतिमा अघि बढ्न पनि उहाँले दलहरूलाई सुझाव दिनुभयो ।
सांसदहरूले मोबाइल एप प्रयोगमा ल्याई जनप्रतिनिधिलाई जनतासँग जोड्ने काम गरे पनि उपयोगबारे सहयोग आवश्यक पर्ने बताउनुभयो ।  माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एप प्रयोगमा जानकारीका लागि हेल्प डेस्कको आवश्यकता रहेको बताउनुभयो ।  सांसद कुन्तीकुमारी शाहीले सहज रूपमा आवश्यक दस्तावेजहरू उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिनुभयो ।
सांसद अकवाल अहमद साहले प्राविधिक विषयमा जानकारीका लागि तालिमको आवश्यकता रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्