घुस्कीमा आगलागीबाट २ लाख बराबरको क्षति

घुस्कीमा आगलागीबाट २ लाख बराबरको क्षति

सुनसरी, साउन १५ गते

सुनसरीको हरिनगरा गाउँपालिका ७ स्थित घुस्कीमा शनिबार राती आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट सोही गाउँपालिका बस्ने रजाबु मियाँको भन्सा घरबाट अचानक आगलागी भई पाली र पालीमा बाँधेको दुई वटा चौपायाको मृत्यु भएको थियो।
त्यस्तै सोही पालीमा रहेका अन्य ४ वटा चौपाया आगोले पोलेर सामान्य घाईते भएका छन्। आगलागिबाट मियाँको घरमा रहेको अन्नपात, लुगाकपडा भाँडा वर्तन जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको पिडीतले बताएका छन्।
उक्त आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्