विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले फेला पार्याे

विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले फेला पार्याे

मोरङ, साउन १५ गते।
मोरङको विराटनगरबाट दुई दिन अघि हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी धनिलाई बुझाएका छन्।
यही साउन १३ गते राती बिराटनगरस्थित कोशी अंचल अस्पतालको प्राङगणबाट हराएको को १० प २४९१ नम्बरको खैरो पल्सर मोटरसाइकल दुई दिन पछि फेला पारी सम्बन्धित मोटरसाइकल धनिलाई बुझाइएको हो।
अस्पताल प्राङगणमै पार्किङ गरि राखेको मोटरसाइकल हराएपछि पिडितले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
घटनाको जानकारी पाउनासाथ प्रहरीले मोटरसाइकल खोजीमा सकृयता देखाएको कारण विराटनगर ४ राजवंशी चौकमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी प्रमूख मदन गिरीले बताउनु भयो।
मोटरसाइकल भेटिएपछि सवारी धनि धनकुटा छिन्ताङ ३ बस्ने कृष्ण राईले खुल्ला सिमाना भएका कारण हराएको मोटरसाइकल भेटिन्छ भन्नेमा आफूलाई विश्वास थिएन तर ट्राफिक प्रहरीको सकृयताका कारण मोटरसाइकल पाएकोमा निकै खुसी भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्