हत्याका आरोपित १६ बर्ष पछि पक्राउ परे

<span class='c1'>हत्याका आरोपित १६ बर्ष</span> <span class='c2'>पछि पक्राउ परे</span>

झापा, साउन १७

झापामा १६ वर्ष अघि हत्या गरी फरार रहेका एक आरोपितलाई बिर्तामोड नगरपालिका ५ स्थित मुक्ती चौकबाट पक्राउ गरी सार्वजनिक गरिएको छ।

२०५८ साल चैत्र २६ गते झापा खुदुनाबारी शरणार्थी शिविर सेक्टर नम्बर A2 हट नम्बर ३१ बस्ने ५५ बर्षिय सन्त बहादुर अधिकारी क्षेत्रीलाई धारिलो हतियार खुकुरीले हत्या गरी फरार रहेका ताप्लेजुङ आम्बेगुदिन ५ घर भई हाल अर्जुनधारा नगरपालिका ३ बस्ने ३८ बर्षिय भुपेन्द्र भन्ने भिम बहादुर भट्टराईलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

प्रहरीको खोजीमा रहेका भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको टोलीले हुलिया पहिचान गरी गत बुधबार पक्राउ गरेका थिए।

भट्टराई उपर कर्तब्य ज्यान मुद्धा दर्ता भएकोले म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्