भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ

<span class='c1'>भोजपुर जिल्लामा ८०</span> <span class='c2'>प्रतिशत धान रोपाइँ</span>

भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ ।

भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे ।

विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताए । भोजपुरमा ६२ हजार २९२ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार १९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोे छ । जिल्लाको देउराली, टक्सार, बोखिम, मूलपानीलगायत क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ ।

कृषि विकास कार्यालय भोजपुरले धान उत्पादनमा टेवा पुर्याउनका लागि उन्नत जातका धानको बीउ एक हजार किलो वितरण गरेको थियो ।

कार्यालयका अनुसार भोजपुरमा गत वर्ष ९५ प्रतिशत रोपाइँ भएको थियो । खेतीयोग्य जमिनमा आकाशे पानीको भर पर्नुपर्ने भएकाले वर्षाले साथ दिए ९० प्रतिशतभन्दा बढी रोपाइँ हुने कार्यालयले जनाएको छ । यहाँका कृषकले अट्टे, थापाचिनी, तौलिया, बेलबुटी, बासमती, मनसारालगायत जातका धान रोप्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्