छोराको कुटाइले बाबुको मृत्यु

छोराको कुटाइले बाबुको मृत्यु

भैरहवा । रुपन्देहीका एक युवाले मादक पदार्थ सेवन गरी आफ्ना बाबुको हत्या गरेका छन् ।

गएराति करिब दुई बजेतिर मादक पदार्थ सेवन गरी घरमा पुगेका मर्चवारी गाउँपालिका वडा नं. १ का ३५ वर्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएका चाईलाई उपचारका लागि मंगलबार बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्याइएको थियो । तर उपचारकै क्रममा चाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबुको मृत्यु भएपछि छोरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्