ईडेन स्कूलका विद्यार्थीले ‘प्रत्यागमन’ नाटक मन्चन गर्ने

<span class='c1'>ईडेन स्कूलका विद्यार्थीले ‘प्रत्यागमन’</span> <span class='c2'>नाटक मन्चन गर्ने</span>

विराटनगर, १७ साउन ÷ विराटनगरको आयल निगम पूर्व रहेको ईडेन नेशनल बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुले अभियन गरेको ‘प्रत्यागमन’ नामक नाटक आउँदो बिहीबार देखि विराटनगरको आरोण गुरुकुलमा रहेको नाट्यघरमा तीनदिन मन्चन हुने भएको छ ।
कक्षा दशको नेपाली पुस्तकमा गुरु प्रसाद मैनालीद्धारा लिखित ‘प्रत्यागमन’ नामक कथालाई विद्यार्थीहरुले नाटक तयार परेका हुन् । उनीहरुले तयार परेको नाटक साउन १९, २० र २१ गते गुरुकुलमा मन्चन हुने स्कूलका प्रिन्सिपल सि.यम. बस्नेतले जानकारी दिनुभयो ।
पाठयक्रममा रहेको सैद्धान्तिक ज्ञान हासिल गरेपछि विद्यार्थीले व्यवहारमा उतार्ने उद्देश्यले नाटक तयार परेको प्रिन्सिपल बस्नेतले बताउनुभयो । उहाँका अनुसार नाटकममा कक्षा दशका २२ जना विद्यार्थीले अभियन गरेका छन् । विद्यार्थीहरुले धेरै मेहनत गरेर नाटक तयार परेको जानकारी दिदै प्रिन्सिपल बस्नेतलले भन्नुभयो, ‘विद्यार्थीहरुको इच्छा र सैद्धान्तिक ज्ञानसँगै व्यवहारमा उतार्ने प्रयास गरेका छन् ।’ विद्यार्थीले तयार पारेको नाटक मन छुने रहेकाले सबैलाई एक पटक हेर्न आउन स्कूलले आग्रह गरेको छ । विद्यार्थीहरुले १५ दिनको प्रशिक्षण लिएपछि नाटक तायार पारेका हुन् । आरोहण गुरुकुलका कलाकारहरुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्