महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते

महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते

बिराटनगर महानगरपालिका ११ स्थित महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते भएका छन्।कोशी राजमार्ग अन्तर्गत ना ५ ख ३०३३ नम्बरको ट्रकले को १३ प ३४१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बिराटनगर २ बस्ने ४७ बर्षिय तिर्थराज शाक्य घाईतर भएका हुन्।

घाईते शाक्यको म्याक्स ईन्टरनेशनल अस्पताल महेन्द्र चौकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्