जननेता भण्डारीको संग्रहालय निर्माण

<span class='c1'>जननेता भण्डारीको</span> <span class='c2'>संग्रहालय निर्माण</span>

उर्लाबारी (मोरङ),  साउन १८ गते  । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जिपलाई पनि राखिनेछ ।

उहाँको जन्म भएको ताप्लेजुङको ढुंगेसाँघुदेखि मृत्यु भएको चितवनको दासढुंगासम्म चित्रित हुने सम्पूर्ण सामग्री सो संग्रहालयमा राखिने प्रतिष्ठानका सामाजिक विकाश अधिकृत रुद्रबहादुर तामाङले जानकारी दिनुभयो । संग्रहालयमा स्व भण्डारीले बोलेका अडियो र भिडियोसमेत राखिने जनाइएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा विगत पाँच वर्षदेखि प्रतिष्ठानले संग्रहालयका साथै पुष्पवाटिका तथा बालउद्यान निर्माण गरिरहेको छ । सो योजना निर्माणमा अहिलेसम्म रु एक करोड २५ लाखभन्दा बढी खर्च भइसकेको संग्रहालय निर्माण समितिका संयोजक रोमनाथ ओलीले जानकारी दिनुभयो ।

सो योजना निर्माण सम्पन्न भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिनेछ । स्व जननेता भण्डारीको जीवनको विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले तथा उहाँले दिएको योगदानलाई जीवन्त राख्न संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्