मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिए

मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिए

विराटनगर/ मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा बीस हजार १५१ जना नयाँ मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन् । ती सबैमा फोटोसहितको मतदाता नामावली संकलन कार्य भइरहेका छन् ।

साउन–१ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य साउन ३२ गतेसम्म जारी रहने छ । फोटोसहितको मतदाता नामावली दर्ता गराउनेहरुको उत्साहजनक सहभागिता देखिएका छन् ।

जिल्लास्थित निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन कार्य निरन्तररुपमा जारी रहने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्