झापामा नौ सय बढी सहकारी संस्था

झापामा नौ सय बढी सहकारी संस्था

भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३–७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताए ।

बचत तथा क्रृण लगानी गर्ने २९८ वटा सहकारीमा गत आवमा पाँच अर्ब २८ करोड ८७ लाख ९७ हजार बचत भएको थियो । जिल्लामा एक करोडदेखि पाँच करोडसम्म कारोबार गर्ने सहकारी १४६ र पाँच करोडदेखि ५० करोडसम्मको कारोबार गर्ने ४८ सहकारी छन् ।

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारी चारवटा छन् । ५० करोडभन्दा माथि कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड मेचीनगर नगरपालिका, सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था लिमिटेड विर्तामोड, मेची सहकारी संस्था लिमिटेड दमक र सूर्य दर्शन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड दमक छन् । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्