विराटनगर आरोहण गुरुकुलमा नाट्य कार्यशाला हुँदै

<span class='c1'>विराटनगर आरोहण गुरुकुलमा</span> <span class='c2'>नाट्य कार्यशाला हुँदै</span>

विराटनगर , साउन २२ गते देखि विराटनगरमा १ महिने नाट्य कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा कार्यशाला सुरु हुन लागेको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । १ महिना सम्म दैनिक विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म कार्यशाला चल्ने छ । कार्यशाला सम्पन्न भएपछिको १५ दिनमा नाटक तयार गरि मञ्चन गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । कार्यशालामा सहभागी हुनका लागि १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । नाट्य गतिविधी वृद्धि गर्दै युवाहरुलाई नाट्य क्षेत्रमा आकर्षित गर्न यो कार्यशालाको आयोजना गरिएको आरोहण गुरुकुलका दिपेश भण्डारीले बताए । कार्यशालामा प्रशिक्षणका लागि वरिष्ठ रंगकर्मी सुनिल पोखरेल, रंगकर्मी नरेन्द्र बराल, विजय बराल लगायतको उपस्थिती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्