म्याजिकको ठक्करबाट घाईते मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>म्याजिकको ठक्करबाट घाईते</span> <span class='c2'>मोटरसाईकल चालकको मृत्यु</span>

सुनसरी, साउन २० गते
चार दिन अगाडी सुनसरीको भोक्राहमा गाउँपालिका २ मा म्याजिक भ्यानको ठक्करबाट घाईते मोटरसाईकल चालक आरिफ अन्सारीको बिहीबार राती मृत्यु भएको छ।
सुनसरी भोक्राहा गाउँपालिका २ सडक खण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नम्बरको म्याजिक भ्यानले को १६ प १२४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
ठक्करबाट भोक्राह गाउँपालिका २ बस्ने अन्सारीलाई उपचारकालागी बिराटनगर नोबेल अस्पताल लगिएकोमा थप उपचारकालागी विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरी चौकी भोक्राहले जनाएको छ। ठक्कर दिने भ्यान र चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्