श्रीमतीले चक्कुले हानेर श्रीमान घाईते

<span class='c1'>श्रीमतीले चक्कुले हानेर</span> <span class='c2'>श्रीमान घाईते</span>

मोरङ, साउन २० गते
मोरङको बुढीगंगा गाउँपालिका १ मा बिहीबार साँझ श्रीमतीले चक्कुले हानेर आफ्नै श्रीमान घाईते भएका छन्।
चक्कुले लागेर सोही गाउँपालिकामा बिन्दा थानदारको घरमा डेरा गरी बस्ने खेम प्रसाद खतिवडा घाईते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
उनलाई घरायसी कुरामा बादविबाद हुँदा आफ्नै ३० बर्षिया श्रीमती सृर्जना राई (खतिवडा) ले सब्जी काट्ने चक्कुले हानेकी थिईन्।
चक्कुले लागेर शरिरको बिभिन्न ठाउँमा चोट लागेर घाईते भएका श्रीमानलाई उपचारकालागी बिराट नर्सिङ होम बिराटनगर पठाईएको छ। चक्कु हान्ने श्रीमतीलाई चक्कुसहित प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्