विराटनगर घर भएका कैदी अम्बिका कामतको कारागारमा मृत्यु

विराटनगर घर भएका कैदी अम्बिका कामतको कारागारमा मृत्यु

चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए ।

उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्षको कैद सजाय तोकिएको थियो । एक वर्षअघि पाल्पाबाट चितवनमा सारिएकी उनले आठ वर्ष कैद झुक्तान गरिसकेको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्