दमक, २० साउन । दमक नगरपालिकाले नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट सेवा पुरयाउन विस्तृत अध्यायन शुरु गरेको छ ।
नगरपालिकाका १० वटै वडामा निकट भविष्यमानै निःशुल्क वाइ फाई सहितको इन्टरनेट सेवा पुरयाउने उदे्श्यले अहिले यसको विस्तृत अध्यायनको काम भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकारी दिनुभयो । पहिलो चरणमा नगरका सवै वडाको संभावित स्थानहरुको पहिचान गरि लागत अनुमान समेत गरिने ओलीले जानकारी दिनुभयो । पछिल्ला दिनमा बड्दो इन्टरनेटको प्रयोगलाई सवै नगरबासीहरुको पहुचमा पुरयाउने उदे्श्य नगरपालिकाले राखेको छ । -हिमशिखर टिभी