ट्यालेन्ट फाईनलका लागी राजेश हमाल विराटनगरमा

<span class='c1'>ट्यालेन्ट फाईनलका लागी</span> <span class='c2'>राजेश हमाल विराटनगरमा</span>

युवाहरुको क्षमता अभिवृद्धि गर्न र युवाहरुमा भएको प्रतिभा प्रोत्साहनका लागि विराटनगर जेसिजद्वारा आयोजित जेसिज ट्यालेन्ट हन्टको ग्रान्ड फिनाले आईतबार विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने भएको छ । विभिन्न विधा भाग लिएका प्रतिस्पर्धाबाट १६ प्रतिस्पर्धिलाई छनोट गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथीका  रुपमा महानायक राजेश हमाल शनिबार विराटनगर आईपुगेका छन । शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । पत्नी मधु भट्टराई सहित विराटनगर आईपुगेका महानायक हमालले अब छिट्टै नै आफुले चलचित्र निर्देशन गर्ने कुरा बताए । त्यस्तै ट्यालेन्ट हन्ट फिनाले कार्यक्रममा चर्चित गायक बाबू बोगटी त्यसै गरि एक मात्र विश्व किर्तिमानी जादुगर सुरद मैनाली पनि सहभागिता रहने संयोजक अबिनास थापाले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्