सोलुखुम्बु, साउन २२ , सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ सिमखर्कमा शनिबार जंगली च्याउ खाएर एजकै परीवारका ५ जना बिरामी परेका छन्।
३२ बर्षिया आङफुरी शेर्पाले जङ्गलबाट ल्याएको च्याउ पकाई खाँदाँ आङफुरी शेर्पा, उनकै ससुरा, श्रीमान, र छोरा बर्षिय ११ बर्षिय प्रेमटाशी शेर्पा, २ बर्षिया छोरी आङ्शुकी शेर्पा बिरामी परेका हुन्।
बिरामीको स्थानीय स्वस्थ्य चौकी केरुङ र ओखलढुंगा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी केरुङले जनाएको छ।