सिरहा, साउन २३ गते
सिरहामा पानी तान्ने मोटर पम्पबाट करेन्ट लाग्दा सोमबार एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा कर्जन्हा गाउँपालिका ६ बस्ने ४५ वर्षिय बुधु साह रहेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ।
साहलाई सोमबार दिउँसो आफ्नै घरमा पानी चढाउनेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइते साहको उपचारकाक्रममा फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
घटनाबारे प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ।