ट्रककको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रककको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी, साउन २४ गते
सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चौकमा सोमबार ट्रककको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।
ज्यान गुमाउनेमा रामधुनी नगरपालिका-८ डुम्राहा बस्ने अन्दाजी ६० बर्षिय केसीलाल चौधरी रहेका छन्। चौधरीलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नम्बरको ट्रकले साँझ ५ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट चौधरीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्