विराटनगरको जतुवा नहरबाट लागूऔषध सहित ४ जना पक्राउ

<span class='c1'>विराटनगरको जतुवा नहरबाट लागूऔषध</span> <span class='c2'>सहित ४ जना पक्राउ</span>

विराटनगर, साउन २५ गते
लागूऔषध नियन्त्रण अभियान अर्न्तगत मोरङको विराटनगरमा मंगलबार लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका -१४ जतुवा नहरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-१९ बस्ने ३६ बर्षिय देउमान लिम्बु र जिल्ला ताप्लेजुङ्ग चाँगे-९ घर भई हाल धरान-१९ बस्ने ३७ बर्षिय टिकाराम लिम्बु रहेका छन्। भारतीय बजार जोगवनीबाट को ११ प ५२५२ नम्बरको स्कुटरमा बिराटनगरतर्फ जाँदै गरेकa उनीहरुलाई साँझ ५ बजेतिर चेकजाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाएको कोरेक्स ८ बोतल, DIALEXTM-DC १५ बोतल, नाईट्रोसन ट्याब्लेट १०० पिस र स्पास्मोप्रोक्सिभन १५२ क्याप्सुल बरामद भएको छ।
दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्