विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते

<span class='c1'>विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको</span> <span class='c2'>ठक्करबाट एक बालिका घाइते</span>

मोरङ, साउन २५ गते

मोरङको ग्रामथान गाउँपालिका-५ स्थित विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते भएकी छिन्।
घाइते हुनेमा ग्रामथान गाउँपलिका-५ तेतरीया बस्ने प्रकाश माझीको अन्दाजी ८ बर्षिया छोरी प्रतीक्षा माझी रहेकी छिन्।
बालिकालाई बा ११ च ६७२६ नम्बरको कारले बेलुका ८;४० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालिकाकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने कारका चालक विराटनगर-२ बस्ने ३५ वर्षिय चिरन्जिबि तिमल्सिना समेत सामान्य घाइते भएकाले विराटनरसींहोम विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।
यता मोरङकै बुढीगंगा गाउँपालिका-३ स्थित कमला आईरन फ्याक्ट्री नजिकै को १० प ८८०० नम्बरको मोटरसाइजकलको ठक्करबाट पैदलयात्री भारत हरियाना घर भई हाल कमला आईरन फ्याक्ट्रीमा काम गर्ने कामदार ५५ बर्षिय मुक्ता सिंह राना घाइते भएका छन्।
घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ। ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्