मोरङ, साउन २५ गते।
ईलाका प्रहरी कार्यालय रानीले "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान'' अर्न्तगत आज विराटनगर १५ बाट पाँच यस लिटर घरेलु मदिरा बरामद गरेको छ।
उे्क्त कार्यालयबाट खटिएको प्रहरीले मंगलबार साँझ ६ बजेदेखी ७ बजेसम्म विराटनगर १५ स्थित पानीटंकी, हुलास मेटल चौकमा रहेका भट्टी पसल, होटलहरुबाट सो परिमाणको मदिरा बरामद गरेको हो।
बरामद मदिरा आजै नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ।