विराटनगर, साउन २५ गते
लागुऔषध मुद्दामा १४ वर्षदेखी फरार रहेकी एक महिलालाई प्रहरीले विराटनगरको रानी एरियाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर १५ बस्ने ५५ वर्षिया धनेश्वरी साह सुडी रहेकी छिन। जिल्ला अदालत मोरङले उनलाई लागुऔषध मुद्दामा २०६० साल कार्तिक १९ गते ११ महिना १९ दिन कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो।
फैसला संगै फरार रहेकी उनलाइ विशेष सुराकी परिचालन गरी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
पक्राउ परेकी साहलाई आज अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी जिल्ला कारागार पठाईएको छ।