बिराटनगरका मेयरसंग युवाहरुको अन्तरक्रिया गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

बिराटनगरका मेयरसंग युवाहरुको अन्तरक्रिया गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

बिराटनगर , अगस्त १२ अर्थात अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर बिराटनगरका युवाहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । शनिबार आयोजना हुने उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रम , बिराटनगरमा हुन लागेको बिराट फुटसल कप २०७४ का आयोजक र बिराटनगरका युवाहरु बीच मैत्रीपूर्ण फुटसल खेल लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । बिराटनगरका युवाहरुले  भोगेका समस्या , युवाहरुको चाहना र बिराटनगरलाई सम्बृद्ध बनाउन सल्लाह सुझाबको लागि मेयर पराजुलीसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको युवा सबिन दाहालले बताए  । शनिबार आयोजना हुने कार्यक्रममा २५ बढी युवाहरुको संघसस्था सहभागी रहेको दाहालले बताए  । कार्यक्रम बिहान ८:३० बजे बिराटनगर   को हिट एण्ड ह्यांगआउट फुटसलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्