सुनसरीको पकलीबाट सात जना जुवाडे पक्राउ

सुनसरीको पकलीबाट सात जना जुवाडे पक्राउ

सुनसरी, साउन २७ , सुनसरीको पकलीबाट प्रहरीले सात जना जुवाडेलाई नियन्त्रणमा लिई बिहिबार कारवाही प्रकृया अगाडी बढाएको छ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष ६७ को जितबहादुर कार्की, रामधुनी ३ बस्ने वर्ष ५९ को भरत कार्की, सोही ठाउँ बस्ने वर्ष ४० को कमल भन्ने कासीनाथ गेलाल, सुनसरी धरान १३ बस्ने वर्ष ४९ को सुरेन्द्र कुमार थापा, ईलाम साक्फारा गाउँपालिका ६ बस्ने वर्ष ५९ को नविन कुमार राई, मोरङ मिक्लाजुङ गाउँपालिका ७ बस्ने वर्ष ४१ को तिल बिक्रम राई, सोही ठाउँ बस्ने वर्ष ३० को लेख बहादुर राई रहेका छन्।

सुनसरी रामधुनी नगरपालिका ५ स्थित हरि विष्टको घर भाडामा लिई जुवा खेल्दै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट गएको टोलीले कौडा, तास र नगदसहित नियन्त्रणमा लिई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरेको हो।

प्रहरीले जुवाको खालबाट नगद ८ हजार ७ सय ५० रुपैया, १६ थान कौडाको गोटी र ३ बुङ तास समेत बरामद भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्