नेपाली युवालाई भारतीय प्रहरीले पक्राउ गरेपछि रिहाइको माग

<span class='c1'>नेपाली युवालाई भारतीय प्रहरीले</span> <span class='c2'>पक्राउ गरेपछि रिहाइको माग</span>

इलाम, साउन २७ गते  । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा राजनीतिक दलले तत्काल रिहाइको माग गरेका छन् ।

दलहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका सूर्याेदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन् । आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका फागोलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको उनका परिवारजनले जनाएका छन् ।

सूर्याेदय नगरपालिकास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत नौवटा दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागोको रिहाइका लागि पहल गर्न राजनीतिक, दल, नागरिक समाज, अधिकारकर्मी र प्रहरी प्रशासनसँग माग गरेका हुन् । उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो ।

दलहरूले जारी गरेको विज्ञप्तिमा भने उदय त्यस दिन फिक्कलमै रहेको र गोर्खाल्याण्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ । उदय निर्माण व्यवसायीका रूपमा काम गरिरहेकाले गोर्खाल्याण्ड आन्दोलनसँग उदयको कुनै संलग्नता नभएको दाजु शरणले बताउनुभयो ।

उदयको रिहाइको पहल गरिदिन माग गर्दै सूर्याेदय नपा–१० का वडाध्यक्ष पेमाउगेन लामासहितको टोली जिल्ला प्रशासन कार्यालय, इलाम आएको थियो । पक्राउ परेका उदयको रिहाइका लागि नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्