सिन्धुलीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

सिन्धुलीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

२८ साउन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उनकी छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिए ।

 

पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बस्दै अाइरहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्