विराटनगरकाे रथयात्राकाे फाेहर सफा गरे युवाहरूले

विराटनगरकाे रथयात्राकाे फाेहर सफा गरे युवाहरूले

विराटनगरमा हरेक वर्ष अायाेजना हुने एेतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखाैं श्रद्धालु भक्तजनहरू अाउने गर्रछन् । यस वर्ष रथयात्राकाे केहि दिन अघि अाएकाे बाढीका कारण श्रद्धालुकाे संख्यामा कमि अाएकाे थियाे । तर पनि लाखौको संख्यामा रहेका भक्तजनहरू र उनीहरूका लागि उपलब्ध गराइएकाे पिउने पानीका ग्लासहरूका कारण नगर फोहोर हुने गर्दछ ।

केहि वर्ष अघिसम्म रथयात्राका फाेहाेर निक्कै दिनसम्म सडक किनारमै छरपस्ट हुने गरेकेा थियाे तर विगत दुइ तिन वर्षयता केहि संस्थाहरूकाे सक्रियतामा रथयात्राका फाेहर साेहि दिन सफा हुने गरेकाे छ । रथयात्राको फोहोर व्यवस्थापन उपसमिति र केहि संस्थाहरूकाे सक्रियतामा रथकाे पछि पछि सफाइ टाेली लाग्ने गरेकाे छ । हिजाे सम्पन्न भएकाे यस वर्षकाे रथयात्राकाे फाेहर समेत यसरी नै सफा भएकाे छ ।  सो उपसमितिमा पाईला परिवर्तनका लागि Lets Change, जीवन दृष्टि समाज र वेष्ट म्यानेजमेन्ट प्रालि लगायतकाे सहयाेग रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्