सर्पदंशबाट तीन वर्षिय बालकको मृत्यु

सर्पदंशबाट तीन वर्षिय बालकको मृत्यु

सप्तरी, साउन ३२ गते
सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको आलीमा उतानो परेको अवस्थामा भेटेपछि तत्काल उपचारकालागी महुलीतर्फ लैजानेक्रममा उनको मृत्यु भएको हो।
बालकको दाहिने खुट्टा र कान्छी औलामा सर्पले ढसेको घाउ पाइएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्