सोलुमा भाईरल ज्वरो र झाडापखालाबाट एकको मृत्यु

सोलुमा भाईरल ज्वरो र झाडापखालाबाट एकको मृत्यु

सोलुखुम्बु, साउन ३२ गते
सोलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नम्बर ४ राम्चे गाउँमा झाडापखाला र भाईरल ज्वरोबाट एक बालकको मृत्यु भएको छ भने स्थानीय १० जना सिकिस्त विरामी परेको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा स्थानिय रामबहादुर पुरीका छोरा राकेश पुरी रहेका छन। पुरीलाइ साउन २७ गतेदेखी झाडा पखाला तथा अध्याधिक ज्वरो आएको र सोही विरामीबाट उनको मृत्यु भएको प्रहरी चौकी सुकेपोखरीले जनाएको छ।
सोही महामारी गाउँका अन्य दश जनासमेत प्रभावित भएको बुझिएको छ। प्रभावित क्षेत्रमा विरामीहरुको उपचारकालागी जिल्ला जनस्वास्थ्य कार्यालयबाट चिकित्क तथा स्थानीय जुवु स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्