पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

<span class='c1'>पानी जमेको खाल्डोमा</span> <span class='c2'>डुबेर बालकको मृत्यु</span>

झापा, साउन ३२ गते
झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ।
स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन। बालकको उर्लाबारी अस्पताल ल्याउनेक्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यता सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका स्थित महुली खोलामा डुबेर स्थानीय ५ वर्षिय महेन्द्र रामको मृत्यु भएको छ। मंगलबार साँझ भैसी चराएर घर फर्कनेक्रममा लडेर खोलामा डुबेका रामको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्