बाढी पिडितकालागी प्रहरीको स्वास्थ्य शिविर

<span class='c1'>बाढी पिडितकालागी प्रहरीको</span> <span class='c2'>स्वास्थ्य शिविर</span>

विराटनगर, साउन ३२ गते
नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार स्वास्थ्य शिविर संचालन गरेको छ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४,५ तथा सिरहा कल्याणपुर नगरपालिका ३ ईटारी प्रसाहीस्थित श्री नि.मा.वि. र कर्जन्हा गाउँपालिका ६ गौतारी जनता माविमा रहेका बिस्थापित परिवारहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो।
टोलीले बुधबार शिविरमा रहेका ३६० जना महिला, पुरुष, बाबालिकाहरुको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गर्नुका साथै बाढी पश्चात हुन सक्ने महामारीबाट बच्नकालागी आवश्यक परामर्श दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्