काठमाडौं । देशका विभिन्न भागमा वर्षापछिको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३३ जना अहिलेसम्म बेपत्ता छन् भने २५ जना घाइते भएका छन् । बाढीपहिरोमा फसेका १ लाख ५ हजार नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
प्रभावित जिल्लामा बाढीपहिरोबाट पीडित भएकाहरुलाई १ लाख २० हजार केजी ड्राइ फुड, पानी, औषधी र अन्य राहतका सामग्री वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।