वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट

<span class='c1'>वर्षाका कारण मोरङमा तीन करोड</span> <span class='c2'>मूल्य बराबरको तरकारीबाली नष्ट</span>

विराटनगर। वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि रु एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ ।

माछा उत्पादन हुने गरेका कटहरी, जहदा, पथरी–शनिश्चरे, बेलबारीलगायत क्षेत्रका किसान मारमा परेका छन् । मोरङमा धानबालीमा भएको क्षतिको तथ्यांक संकलन हुन सकेको छैन । जिल्लाका सोनवर्षी, रंगेली, सुन्दरहरैचा, बूढीगंगालगायत दक्षिणी क्षेत्रका तीन हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । पानी घटेपछि मात्र क्षतिको अनुमान गर्न सकिने यादवले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्