बाढी पिडितहरुलाई युवायुवतीको राहत सामाग्री

<span class='c1'>बाढी पिडितहरुलाई युवायुवतीको</span> <span class='c2'>राहत सामाग्री</span>

केराबारी, भाद्र २
मोरङको केराबारी ९ देबिझोडा र बेलबारी १ गाईघाटमा बाढीबाट पिडित बनेकाहरुलाई मोरङमा सक्रिय युवा र युवतीहरुको समुह डब्ल्युआरआर,एमआरआर र परिबर्तनका लागी युवा समाजले राहत सामाग्री बितरण गरेका छन ।
बिहिबार ३ वटा समुहहरुले एकसाथ पिडितहरुलाई राहत सामाग्री बितरण गरेका हुन । उनीहरुले ५७ हजार बराबरको अत्यावश्यक सामाग्री र खाद्यन्न बितरण गरेको छ । कार्यक्रममा परिबर्तनका लागी युवा समाजका अध्यक्ष बिपिन आचार्य,डब्ल्युआरआरकी संयोजक मनिला सुवेदी,एमआरआरका संयोजक बिक्रम साम्पाङ लगायतले संयुत्त रुपमा हस्तान्तरण गरेका हुन ।
सो क्षेत्रमा बाढीबाट ८ घर पुर्णरुपमा बगाएको छ भने २५ परिवार बिस्थापित भएका छन । बिस्थापित भएकाहरु स्थानीय शहिद स्मृति प्राविमा शरण लिएर बसेका छन । यसैबिच बेलबारी २ मा लालभित्ति महिला समुहले तिजको अबसरमा कार्यक्रम आयोजना गर्ने भनि संकलन गरेको ४३ हजार रकम बाढीपिडितहरुलाई प्रदान गरेको छ ।
बेलबारी २ र केराबारी ९ का बाढीपिडितहरुलाई सो रकम बराबरको खाद्यन्न र राहत सामाग्री संयुत्त रुपमा प्रदान गरेको समुहकी कोषाध्यक्ष दुर्गा रुपाखेतीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्