एनआईसि एसिया बैंकको डबल डिपोजिट नामक नयाँ निक्षेप योजना

एनआईसि एसिया बैंकको डबल डिपोजिट नामक नयाँ निक्षेप योजना

एनआईसि एसिया बैंकले डबल डिपोजिट नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ । आफ्ना ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधिपश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिने बैंकले जनाएको छ ।

न्यूनतम १ लाख निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ वर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफूले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरेर दोब्बर भुक्तानी दिने बताइएको छ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गरेको बैंकले जनाएको छ ।

११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुलाई सेवा दिइरहेको यस बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ को नाफाबाट २० प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्