झारफुकका लागि हिँडेका बस्नेत मृत भेटिए

झारफुकका लागि हिँडेका बस्नेत मृत भेटिए

सोलुखुम्बु, भदौ २ गते । दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन् । उनी सामान्य बिरामी परेका थिए ।

उनको लडेर ज्यान गएको शंका गरिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्