बिराटनगरको जेफ्टवेयर सोलुसन्सलाई आइसीटी अवार्ड

<span class='c1'>बिराटनगरको जेफ्टवेयर सोलुसन्सलाई</span> <span class='c2'>आइसीटी अवार्ड</span>

लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ सम्पन्न भएको छ । विहिबार राजधानीको होटल याक एन्ड यतिमा आयोजित विशेष अवार्ड समारोहको अवसरमा विभिन्न स्पर्धाका विजयीलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरे ।
सोअवसरमा मन्त्री बस्नेतले यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले विजेता सबैलाई बधाइ दिदै अझै नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्न आग्रह गरे । नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको बताउदै मन्त्री बस्नेतले सूचना प्रविधिलाई अत्याधिक प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
उनले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने धारणा राख्नुभयो । सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि गर्न सकिने धारणा समेत राखे । नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको उनको भनाइ छ ।
अवार्ड वितरण समारोहमा बोल्दै उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले सूचना प्रविधिलाई उद्योगको रुपमा सरकारले लैजाने तयार गरेको जानकारी दिदै नयाँ बन्न लागेको औद्योगिक नीतिमा आइसिटीलाई पनि उद्योगको रुपमा स्वीकारेर यससम्बन्धी नीति र व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारी प्रतिनिधि, विभिन्न कम्पनी, शिक्षण संस्थालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिराटनगरको जेफ्टवेयर सोलुसन्स प्रालि उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड बाट सम्मानित भएको थियो ।

३ कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड
सोअवसरमा मन्त्री बस्नेतले नेपालका ३ आइटी कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअपको अवार्ड प्रदान गरे । अवार्ड पाउनेमा बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन् ।
३ प्रडक्टलाई उत्कृस्ट आइसिटी प्रडक्टको अवार्ड
त्यसैगरी यस संस्करणको बेस्ट आइसिटी इन्नोभेटिभ अवार्डबाट पाइला टेक्नोलोजीले विकास गरेको परी रोबोट, आइटेक नेपालले विकास गरेको एभरेस्ट कास्ट र सिमान्टेक क्रिएसनले विकास गरेको नेपाल भिआरलाई प्रदान गरियो ।
आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई
मन्त्री बस्नेतले करिब ४० वर्षदेखि नेपालको आइसिटी क्षेत्रमा क्रियाशील उद्यमी सुरेशकुमार रेग्मीलाई यस संस्करणको आइसिटी पायोनियर अवार्ड प्रदान गरे । रेग्मी आइटी कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक एवं प्रबन्ध निर्देशक हुन् भने विभिन्न संघसंस्थामा रहेर काम गरिरहेका छन् ।
किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड
हलिउड उद्योगमा लामो समयदेखि एनिमेशन प्रविधिमा काम गरिरहेका नेपाली किरणभक्त जोशीलाई यस संस्करणको आइीसटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ । उनी राजधानीस्थित एनिमेशन स्टुडियो इन्सेसान्ट रेन स्टुडियाका संस्थापकसमेत हुन् ।

-आइसीटि फ्रेमबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्