बाढीपीडितलाई म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन

<span class='c1'>बाढीपीडितलाई म्याद गुज्रेका खाद्यान्न</span> <span class='c2'>वितरण नगर्न निर्देशन</span>

राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् ।

सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवाररुपमा प्रस्तुत हुनसमेत उनले अनुरोध गरे ।

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्