वार्न द्वारा बिराटनगरमा राहत वितरण

वार्न द्वारा बिराटनगरमा राहत वितरण

भद्र ३, बिराटनगर ।हालै बिराटनगर सहित अन्य तराईका भुभागमा आएको बाढीका कारण प्रभावित जन समुदायलाई राहत स्वरुप We Are Ready Nepal(WARN) बिराटनगरले आज बिराटनगर -२,पुर्व टोलका बाढी पीडितलाइ राहत बितरण गरेको छ। 

सिग्ङिया खोला छेउका सुकुमवासी बस्तीका वासिन्दाहरुलाई "एक परिवार एक कार्टुन" कार्यक्रम आन्तरगत राहात बितरण गरेको छ।

कर्टुनमा खाध सामाग्री चिउरा , चाउचाउ , औसधि, तृपाल आदि सामाग्री समाबेश थिए।

बाढी पीडितहरुको स्वास्थ्य जाँचको पनि बेवास्ता गरियो। सस्थाका सस्थापक नोभेल काफ्ले ले यो सबै बिदेशमा रहने WARN का सदस्य साथीहरु सौगात भट्टराई र अमृत आचार्यको आर्थिक सहयोग र अन्य प्रायोजकहरुको सहकार्यमा सम्भब भएको जान्कारी गराउनु भयो। यो कार्यक्रमका लागि अमेरिकाको आर्भिङ टेक्सास सहरमा २दिने राहत संकलन आयोजना भएको थियो।

WARN ले आउने आइतबार पनि राहत कार्यक्रम राखेको जन्कारी सचिब परिसेस राज श्रस्ठले Our Biratnagar लाई बताउनु भयो ।

WARN सग १०० पीडित परिवारलाइ पुग्ने राहतका सामाग्री रहेको र राहतबाट बन्चित पीडितहरुको खोजीमा छौ र सबैलाई कोहि पीडित जो राहतबाट बन्चित छन् हामीलाइ जन्कारी गराउन सबैलाई आग्रह गर्दछौ सस्थाका कोषाध्यक्ष दिवेश कुमार माझीले OB लाई बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्