विराटनगर विमानस्थल अाजबाट संचालनमा अाएकाे छ

विराटनगर विमानस्थल अाजबाट संचालनमा अाएकाे छ

लगातारकाे झरीपछि अाएकाे डुबानका कारण बन्द रहेकाे विराटनगरकाे विमानस्थल अाजबाट सुचारू भएकाे छ । धावनमार्गमा जमेकाे हिलाे र डुबान भएर विमानस्थल भवनमा जमेकाे पानीका कारण हप्ता दिन बन्द रहेकाे विमालस्थलकाे सेवा अाजबाट अांशिकरूपमा सुचारु भएकाे छ । धावनमार्गकाे सफाइ पछि प्राविधिक टाेलीले परिक्षण गरेर विमानस्थल सञ्चालनमा अाएकाे हाे ।
तर विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण अझै हुन नसकेकाले विमानस्थल पुर्ण रूपमा संचालनमा अाउन सकेकाे छैन । विमानस्थल स्राेतका अनुसार आज यती र सौर्य एयरलायन्सले उडान भरेकाे छ भने बुद्ध एयरले आईतबार र नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्