कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार

<span class='c1'>कोशी फुट्न लाग्यो</span> <span class='c2'>भन्ने हल्ला निराधार</span>

इनरुवा । कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताएका छन् । बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गरे ।

उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गरे । आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताए । उनले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताए ।

अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नेसमेत बताए ।

कोशी फुट्यो भनेर झुटो हल्ला फैलाउनेको पत्ता लगाई कडा कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्