सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

<span class='c1'>सिरहामा विद्युत् चुहावट</span> <span class='c2'>१० प्रतिशत घट्यो</span>

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३–७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ ।
सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो ।

विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३÷७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
समयमा विद्युत्को महसुल नबुझाउने जिल्लाका ८६५ ग्राहकको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बक्यौता रकम समयमा नबुझाएको र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेका ग्राहकको विद्युत् लाइन काटेको प्रमुख यादवको भनाइ छ ।

उनका अनुसार विद्युत् लाइन काटिएका ८६५ ग्राहकमध्ये ५४७ जना ग्राहकबाट एक करोड २३ लाख ६४ हजार ७९७ बक्यौता रकम संकलन भएको छ । विद्युत् लाइन काटिएका मध्ये ३२ जनाले महसुल बुझाए बापत ४५ लाख ३९ हजार संकलन भएको छ ।

केन्द्रले आव २०७३–७४ मा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४८१ जनालाई पक्राउ गरी गरेको जरिवानामा ३० लाख ३६ हजार १५३ राजश्व संकलन हुनाका साथै सो क्रममा १०३ थान टिभी, १३१ थान पानी तान्ने मोटर, ६६ थान पङ्खा र ६ थान फ्रिजसमेत बरामद गरिएको प्रमुख यादवले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्