बाढीपीडितलाई २४ सै घण्टा सेवामा रहन स्वास्थ्यमन्त्रीको स्वास्थ्यकर्मीलाई निर्देशन

<span class='c1'>बाढीपीडितलाई २४ सै घण्टा सेवामा</span> <span class='c2'>रहन स्वास्थ्यमन्त्रीको स्वास्थ्यकर्मीलाई निर्देशन</span>

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् ।
बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्षलगायतका स्थलगत निरीक्षणपश्चात् उनले चाँडै यस अस्पतालको शय्या थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत प्रकट गरे ।
महोत्तरी जिल्ला अस्पताल अहिले २५ शय्याको भएपनि चिकित्सकभने दुई।तीन जना मात्रै छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्