इनोभेट नेपाल ग्रुपको तराईका बाढीपीडितलाई राहत सहयोग

इनोभेट नेपाल ग्रुपको तराईका बाढीपीडितलाई राहत सहयोग

बिराटनगर भदौ ४ , इनोभेट नेपाल ग्रुपले बिराटनगरमा रहेका बाढीपीडितहरुको लागि राहत स्वरूप त्रिपाल सहयोग गरेको छ ।  ग्रुपले बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई राहत स्वरूप ५ लाख रुपैया बराबरको १ हजार थान त्रिपाल सहयोग गरेको हो । ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीको सहभागितामा शनिबार उक्त राहत हस्तान्तरण गरिएको थियो । आफ्नो सामाजिक उत्तरदायित्व स्वरूप तराइका बाढीपीडितहरुलाई राहत वितरण गरिएको बुढाथोकीले बताए । 

ग्रुपले भूकम्प आएको बेला पनि दोलखा , वारपाक , सिन्दुपाल्चोक लगायतका ठाउमा राहत वितरण गरेको थियो । इनोभेट नेपाल ग्रुपले बेलायती विश्वबिद्यालयहरुको सहकार्यमा बिराटनगर , काठमाडौं , पोखरा र इटहरीमा कलेज संचालन गर्दै आएको छ । पुर्वान्चलमा ग्रुपले बिराटनगरमा मेरिल्याण्ड कलेज बिराटनगर र इटहरीमा इटहरी इन्टरनेसनल कलेज संचालन गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्