मोरङमा बाढीले १९ करोड मूल्य बराबरको माछा बगायो

<span class='c1'>मोरङमा बाढीले १९ करोड</span> <span class='c2'>मूल्य बराबरको माछा बगायो</span>

पथरी (मोरङ), भदौ ५। एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका माछा बगाउँदा १९ करोड मूल्य बराबरको क्षति भएको हो । मोरङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि माछा बगेका हुन् । रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरको माछा र पोखरीमा क्षति पुगेको छ । कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको परियोजना प्रमुख रिजालको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्