लेटाङका बाढीपीडितलाई राहत वितरण

लेटाङका बाढीपीडितलाई राहत वितरण

भूमिका पाख्रिन, भाद्र, ५
नेपाल बप्तिस मण्डली परिषद्, आर.बी.सी.ए. र बुधबारे बप्तिस मण्डली लेटाङ – २ साथै उद्योग वाणिज्य संघ लेटाङको संयुक्त आयोजनामा मोरङको लेटाङ नगरपालिकाका बाढीपीडितलाई सोमबार राहत सामाग्री वितरण गरिएको छ । बाढीपीडितहरुलाई चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरिएको बुधवारे वप्तिस मण्डलीका लेखा अधिकृत दीर्घायु लिम्बूले बताउनु भयो । केही दिन अघिको अविरल वर्षासँगै पहिरो जाँदा केही घरमा क्षती पुग्नुका साथै वडा नम्बर १ की गोपी माया तामाङको ज्यान समेत गएको थियो । वर्षा सँगै चिसाङ खोलामा बाढी आएपछि खोलाले कटान गरेको स्थानहरुमा भने नेपाली सेना, स्थानीयबासीहरुको सहयोगमा नगरपालिकाले तारजाली बाँध्ने काम गरेको थियो । केहीदिन भित्रै नगरपालिकाले पनि बाढी पीडितलाई राहत वितरण गर्ने लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्